• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रदेश राहत कोषमा साना किसान बैंंकको एक लाख सहयोग

प्रदेश राहत कोषमा साना किसान बैंंकको एक लाख सहयोग

जनकपुरधाम, २० असार । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारकालागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा साना किसान विकास लघुवित वित्तिय संस्था लिमिटेडले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
संस्थाका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतलाई एक लाखबराबरको चेक हस्तान्तरण गरेका हुन् । प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् ।
राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेको छ ।