• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तराई मधेश राष्ट्रिय परिषद्को संयोजकमा ठाकुर

तराई मधेश राष्ट्रिय परिषद्को संयोजकमा ठाकुर

राजविराज, २० असार । टीएमएनसीको कार्यालय महादेवस्थान काठमाण्डौमा बसेको तराई मधेश राष्ट्रिय परिषद् (टीएमएनसी) सभाको बैठकले सभासदस्य अधिवक्ता विकास कुमार ठाकुरलाई परिषदको संयोजकमा चयन गरेको छ ।
सचिव एवम् प्रवक्तामा प्रमोद कुशवाहा तथा प्रचार विभागमा गुरुशरण सिंह (आभाष गुरु)ले जिम्मेवारी पाएका छन् । टीएमएनसीको संगठनात्मक संरचना तीनवटा विंगमा क्रियाशील बनाउने र जिम्मेवारी बाँडफाँड गर्ने हिसावले हाल पोलिटिकल विंग क्रियाशिल बनाउनका लागि संयोजकको भूमिकामा रहेको सीएन थारुलाई पोलिटिकल विंगमा जिम्मेवार बनाउने गरी सर्वसम्मत निर्णय गरिएको छ ।
तराई मधेश राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेला २०७६ चैत्र २८ र २९ गते सम्पन्न गरेर आफ्नो वैचारिक धार किटान गर्ने लक्ष्य सहित तयारीमा जुटेको र कोरोना प्रकोपको कारण देशमा लकडाउनको स्थितिका बिच बैठक यस्तो निष्कर्षमा पुगेको निमित संयोजक सी.एन. थारुले जानकारी दिएका छन् ।