• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अग्नीपीडितहरुलाई खाद्यान्न सामग्री सहयोग

अग्नीपीडितहरुलाई खाद्यान्न सामग्री सहयोग

राजविराज, २० असार । धनुषा सेवा समाजद्वारा धनुषाको शहिदनगर नगरपालिका वडा नम्वर– ८ विसरभोरा दुर्गा टोलका अग्निपीडित विकाउ राउत यादवको परिवारलाई खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ ।
गत अषाढ ६ गते शनिवारका दिन विकाउ राउत यादवको घरमा राती ३ बजे आगो लागेर सम्पूर्ण खाद्यान्न सामाग्रीहरु समेत जलेर नष्ट भएको थियो । ९० वर्षका बृद्ध विकाउ राउत पारालाइसिसका विरामी हुन् । खाद्यान्न सामाग्रीहरुको अभावमा उनीहरु समस्यामा परेका थिए । पीडितहरुलाई त्रिपाल २ थान, चामल ५० किलो, दाल ५ किलो, प्याज ५ किलो, आलु ५ किलो, खाने तेल २ लिटर, नरिवल तेल, नुन ४ किलो, चिनी २ किलो, साबुन, सर्फ, स्वायबिन, साडी, पेटीकोट, धोती, कुर्ता, गम्छा, लुङ्गी सहितका सामग्रीहरु उपलब्ध गराईएको छ ।
धनुषा सेवा समाज दोहा कत्तारका अध्यक्ष जमिर नदाफ, धनुषा सेवा समाज धनुषा नेपालका अध्यक्ष हरि महतो, धनुषा सेवा समाज दोहा कतारका सचिव देवेन्द्र शर्मा, सल्लाहकार देवकुमार मण्डल, धनुषा सेवा समाज नेपालका पदाधिकारीहरु सुरेश यादव सञ्जीव श्रेष्ठ र गाउँका बुद्धिजीवी समाजसेवीहरुको उपस्थितिमा निम्न खाद्यान्न सामाग्रीहरु पीडितलाई हस्तान्तरण गरिएको छ ।