• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा १० जना संक्रमित थपियो, कुल कोरोना पोजेटिभ संख्या २ सय ५८ जना

सप्तरीमा १० जना संक्रमित थपियो, कुल कोरोना पोजेटिभ संख्या २ सय ५८ जना

राजविराज, १७ असार । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार १० जनामा कोरोना पोजेटिभ थपिएसँगै जिल्लामा कुल संक्रमितको संख्या २ सय ५८ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सुरुङ्गा नगरपालिकामा १० जना थपिएसँगै कोरोना संक्रमितको संख्या १३ पुगेको हो । तिलाठी कोइलाडी गाउँपालिकामा १०, महदेवा महदेवा गाउँपालिकामा १०, राजगढ गाउँपालिकामा १ र अग्नीसाइर गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यस्तै राजविराज नगरपालिकामा १५ जना, कञ्चनरुप नगरपालिकामा २ जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, बोदेवर्साइन नगरपालिकामा ३४ जना, खडक नगरपालिकामा २ जना, शम्भुनाथ नगरपालिकामा १ जनामा कोरोना संक्रमण भएको छ ।
यसैगरी राजगढ गाउँपालिकामा १९ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ३८ जना, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा २ जना, छिन्नमस्ता गाउँपालिकामा २३ जना, महदेवा गाउँपालिकामा १३ जना, सप्तकोसी नगरपालिकामा २ जना, तिरहुत गाउँपालिकामा ४ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ४२ जना, रुपनी गाउँपालिकामा १ जना, विष्णुपुर गाउँपालिकामा १ जना, बलान बिहुल गाउँपालिकामा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन् ।