• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

व्यवसाय सञ्चालनको माग गर्दै सैलुन तथा सौन्दर्यकर्मीहरुद्वारा प्रदर्शन

व्यवसाय सञ्चालनको माग गर्दै सैलुन तथा सौन्दर्यकर्मीहरुद्वारा प्रदर्शन

विरगञ्ज, १४ असार । पर्साको विरगञ्ज महानगरपालिकाभित्र रहेका सैलुन र सौन्दर्यकर्मीहरुले आइतवार विरोध प्रदर्शन गरेका छन् ।
सरकारद्वारा आह्वान गरिएको लकडाउनको करिब चार महिना भईसक्दा पनि सैलुन र सौन्दर्यकर्मीहरुलाई ब्युटी पार्लर खोल्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । आफुहरुको रोजीरोटी प्रभावित भएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराउन केन्द्रित गर्न एक घण्टा सडक जाम गरेका छन् ।
नेपाल नाई संघका जिल्ला अध्यक्ष निसार अहमदको अध्यक्षतामा आयोजित विरोध कार्यक्रममा नाई संघमा आवद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो । कोरोना भाइरसको त्रासले गर्दा सैलुन व्यवसायीहरु खोल्न हालसम्म प्रतिबन्ध लगाईएको छ । सैलुन खोल्नको लागि स्वाब परिक्षण र पि.सि.आर टेस्ट समेत गराउन व्यवसायीहरु को माँग रहेको छ । व्यवसायीहरुलाई घर तथा पसलको भाडा तिर्न धौधौ पर्नुकासाथै आर्थिक समस्या निक्कै बढ्दै गएको नेपाल नाई संंघका धिरेन्द्र ठाकुरले बताए ।
भनाई रहेको छ ।