• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नागरिकता विधेयक विरुद्ध जनकपुरमा आन्दोलन जारी

नागरिकता विधेयक विरुद्ध जनकपुरमा आन्दोलन जारी

जनकपुरधाम, १३ असार । जनता समाजवादी पार्टीद्वारा सुरु गरिएको नागरिकता विधेयक विरुद्धको जारी आन्दोलनलाई जनकपुरमा निरन्तरता दिईएको छ ।
जनक चौकमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले सातौ दिन १ घण्टा चक्काजाम गरि विरोध प्रदर्शन गरेका छन् । विरोध सभामा बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कुमार यादवले स्वेच्छाचारी बन्दै गएको सरकारलाई सडक आन्दोलनबाटै तह लगाउने चेतावनी दिएका छन् । जनता समाजवादी पार्टीले घोषणा गरेको १६ गतेको विरोध प्रदर्शनलाई भब्य बनाउन अपिल समेत गरे ।
प्रदर्शनमा जसपाका केन्द्रिय, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियोे ।