• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तिलाठी कोइलाडी गाउँपालिकामा निःशुल्क शिविर

तिलाठी कोइलाडी गाउँपालिकामा निःशुल्क शिविर

राजविराज, १३ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा शनिबार छाला रोग सम्बन्धी निःशुल्क शिविर आयोजना गरियो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजना गरेको उक्त शिविरबाट करिब सय जना लाभान्वित भएको शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिएका छन् । लालगढ अस्पतालका छाला रोग विशेषज्ञ डा. आनन्द सुनुवार र वरिष्ठ कुष्ठरोग सुपरभाइजर शंकरमान श्रेष्ठले शिविरमा आएकाहरुको जाँच गरेका छन् ।
निःशुल्क शिविरमा जाँच गराउन आएकाहरुलाई औषधि समेत प्रदान गरिएको थियो । सो शिविरमा एक जना पुरुषमा कुष्ठरोग फेला परेको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । शिविर सञ्चालन गर्दा सामाजिक दुरीलाई कायम गरी आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकललाई ध्यानमा राखिएको थियो ।