Top_Header_Right_Add

नेपाली कांग्रेस समर्थित युवाहरुद्वारा सिटी जुलुस प्रदर्शन

नेपाली कांग्रेस समर्थित युवाहरुद्वारा सिटी जुलुस प्रदर्शन

राजविराज, १२ असार । नागरिकता विधेयक विरुद्ध सप्तरीको राजविराजमा नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघका युवाहरुले शुक्रवार राजविराजमा विरोध प्रदर्शन गरिएको छ ।
युवा विद्यार्थीहरुले राजविराजमा सिटी जुलुस प्रदर्शन गर्दै नागरिकता विधेयकको विरोध गरेका हुन् । विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने निर्णयको विरोध गर्दै उनीहरुले राजविराज स्थित शहिद दशन चौकमा प्रदर्शन गरेका छन् ।
शहिद दशन चौकमा आयोजित सभामा वक्ताहरुले वैवाहिक अङ्गीकृत नागरिकताको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै उक्त निर्णय फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । मधेशी समुदायको भारतको विभिन्न स्थानहरुमा वैवाहिक सम्वन्ध हुने गरेको स्मरण गर्दै युवा विद्यार्थीहरुले मधेशी जनताको भावनालाई बुझेर नागरिकताको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।
कार्यक्रममा काँग्रेसका युवा नेता मो. इर्साद अन्सारी, अर्जुन साह, नन्दकिशोर यादव, मो. शबिर आजम, समिर झा, नेवि संघका घनानन्द यादवलगायतको सहभागिता रहेको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer