• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मृतक सदा परिवारलाई प्रदेश सरकारको पाँच लाख

मृतक सदा परिवारलाई प्रदेश सरकारको पाँच लाख

राजविराज, १२ असार । गत सोमवार धनुषामा आइसोलेसनमा मृत्यु भएका १६ वर्षिय राजु सदाका परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
हंसपुर नगरपालिका घर राजु सदाको परिवारजनलाई प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् ।
मृतक सदाको मृत्युको विषयमा छानबिन गर्नकालागि स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ । क्वारेन्टाइनमा बसेका उनलाई झाडा–पखाला लागेको थियो । सोही क्रममा उनको समुचित उपचार नभएपछि आइसोलेसनमै मृत्यु भएको थियो ।