• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

अग्निसाईर कृष्णासवरन गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न

कुल ४९ करोड २१ लाख ५१ हजारको बजेट प्रस्तुत
अग्निसाईर कृष्णासवरन गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न

बृजमान तामाङ
बिरेन्द्र बजार, ८ असार । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाको आगामी वर्षकालागि नीति, कार्यक्रम र बजेट पारित गर्दै सोमवार छैठौं गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षता आयोजित गाउँसभामा उपाध्यक्ष मिना चौधरीले आर्थिक बर्ष २०७७÷०७८ को नीति, कार्यक्रममा ४९ करोड २१ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी छिन् । उक्त बजेट नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत परित भएको छ ।
गाउँपालिका उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा भौतिक पुर्वधार, आर्थिक विकास, विपद, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र कृषि विद्युतिकरणलाई प्राथमिकतामा राखेको छ । सभामा वडा ३ का अध्यक्ष अरुण कुमार चौधरीले आर्थिक विधेयक र वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीद्वारा प्रस्तावित बिनयोजन विधेयक संशोधन सहित पास भएको जनाएको छ ।
सितापुर स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई निःशुल्क र बाहिर लानुपर्नेलाई ५० प्रतिशत शुल्क छुट गरि एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गाद्वारा सञ्चालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले नीति, कार्यक्रम र बजेटबारे प्रकाश पारेका छन् । वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले स्वागत मन्तव्य गरे ।