• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानिय

भारतद्वारा अतिक्रमित नेपाली भुमि फिर्ताको मागसहित विप्लवको प्रदर्शन

भारतद्वारा अतिक्रमित नेपाली भुमि फिर्ताको मागसहित विप्लवको प्रदर्शन

राजविराज, ७ असार । नेपाल कम्युनिष्ट पार्टी (विपल्व) सप्तरीले भारतद्वारा अतिक्रमित नेपाली भु–भाग अविलम्ब फिर्ता गराउन माग गर्दै आइतवार विरोध प्रदर्शन गरिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आयोजना गरिएको प्रदर्शनका सहभागीहरुले अतिक्रमित जग्गा फिर्ता गराउनेतर्फ सरकारले गम्भिरता नदेखाएको उनीहरुको आरोप छ । कडा सघर्ष थाल्ने चेतावनी दिँदै पार्टीका प्रभाषले सरकारलाई गम्भीर बन्न आग्रह गरे ।
उक्त कार्यक्रममा सहभागीहरुले एमसीसीको समेत विरोध गरेका छन् । पार्टीका जिल्ला सदस्य विजयले कार्यक्रम सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला जनसत्ता प्रमुख आदर्श समेतको सहभागिता रहेको थियो ।