• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विसहरिया निवासी पूर्व शिक्षा अधिकारी देवको निधन

विसहरिया निवासी पूर्व शिक्षा अधिकारी देवको निधन

राजविराज, ७ असार । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–१३ बिसहरिया निवासी पूर्व जिल्ला शिक्षा अधिकारी सूर्यनारायण देवको गत विहीबार निधन भएको छ ।
हाल राजविराज वडा नम्वर–५ मा बसोबास गर्दैआएका उनको ९० वर्षको उमेरमा निधन भएको हो । केही दिन अघि मात्र विरामी परि निधन भएका उनको पार्थिव शरिरलाई शुक्रवार कोशी व्यारेजमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा विजयकुमार देवले मुखाग्नी दिएका छन् । उनका तीन छोरीहरु क्रमशः मिना, चन्दा र निलु तथा छोरा विजय रहेका छन् ।
उनी मोरङ्ग, झापा, धनुषा लगायतका जिल्लाहरुमा जिल्ला शिक्षा अधिकारी भएर सेवा गरेका थिए । सूर्यनारायण शिक्षा अधिकारी रहँदा शिक्षण पेशातर्फ जिल्लावासीलाई प्रोत्साहित गरेका थिए । उच्च प्रशासनिक क्षमता भएका उनी नेपाल सरकारबाट विभिन्न सम्मानहरु प्राप्त गर्नुभएको छ ।
जिल्लामा शिक्षाको अभाव रहेको अवस्थामा उनी पटना विश्व विद्यालयबाट स्नातकसम्म अध्ययन गरेका थिए । विसहरियाका प्रसिद्ध जमिन्दार तथा समाजसेवी झबरलाल देवका सुपुत्र थिए । शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउँदैआएका उनले छोरीलाई समेत शिक्षातर्फ प्रोत्साहन गर्दैआएका थिए । जेठी छोरी मिना विराटनगर स्थित महेन्द्र मोरङ्ग कलेजमा प्राध्यापक तथा माइली छोरी चन्दा अमेरिकामा प्राध्यापन गरिरहेका छन् भने निलु समेत भारतमा शिक्षण पेशामा छन् । छोरा विजय कुमार देव ओभरसियरको पढाई पुरा गरी हाल घरमै बस्दैआएका छन् । पूर्व शिक्षा अधिकारी स्व. देवका पत्नीको केही वर्ष अघि निधन भएको थियो ।
सप्तरीका वुद्धिजिवी सूर्यनारायणको निधनको जिल्लाको शिक्षा क्षेत्रमा ठूलो क्षति भएको प्रेस स्वतन्त्रता सेनानी एवम् अधिवक्ता रामनारायण देवले बताए । शालिन एवम् विशिष्ठ वौद्धिक क्षमता भएका उनको निधनले आफुलाई मर्माहत तुल्याएको भन्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै उनले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।