• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महा सूर्य ग्रहण २.२३ बजे मोक्ष प्राप्त गर्दै

राजविराज, ७ असार । सूर्य ग्रहणको इतिहासमा ९ सय वर्षपछि आइतवार नेपाली समय अनुसार १० बजेर ५० मिनेटबाट खण्डग्रास सूर्य ग्रहण लागेको छ ।
खगोलीय घटनालाई ज्योतिर्विद्हरुले यो ग्रहणलाई महाग्रहण नाम दिएका छन् । यो ग्रहरणमा सूर्यको संयोग राहु, बुध र चन्द्रसँग भएको छ । यो मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिले जनाएको छ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने ज्योतिर्विद्ले जनाएको छ ।
खण्डग्रास ग्रहण सुरक्षित तरिकाले ग्रहण हेर्न सकिनेछन् । विश्वका केही भागबाट सूर्य पूरै ढाके पनि नेपालबाट आधा ढाकिएर खण्डग्रास मात्र देखिने छन् । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ ।
यो ग्रहणलाई ज्योतिर्विद्हरुले निक्कै महत्वकासाथ हेरिरहेका छन् । आँखा चश्मा ईत्यादीको प्रयोग गरेर सुरक्षित तरिकाबाट हेर्नसकिने छन् । तर नाङ्गो आँखाले हेर्न नमिल्ने ज्योतिर्विदहरुको सुझाव छ ।