• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमत पार्टीद्वारा परिचयात्मक कार्यक्रम

जनमत पार्टीद्वारा परिचयात्मक कार्यक्रम

राजविराज, ६ असार । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीद्वारा शनिवार राजविराज स्थित महेन्द्र विन्देश्वरी विन्देश्वरी बहुमुखि क्याम्पसमा परिचयात्मक कार्यक्रम आयोजना गरियो ।
पार्टीका जिल्ला संयोजक चन्देश्वर मण्डल ‘किसान’को अध्यक्षतामा आयोजित कार्यक्रम पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व जिल्ला ईञ्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विशिष्ठ अतिथि केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज सूर्यदेव यादव, केन्द्रिय सदस्य सुरेन्द्र नारायण यादव, विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य रमेश प्रसाद यादव, युवा जनमत संघका जिल्ला अध्यक्ष मनोज यादव, महिला जनमत संघका जिल्ला अध्यक्ष सुशीला यादव लगायतले सङ्गठनको भावी रणनीतिबारे आ–आफ्नो विचार व्यक्त गरे ।
कार्यक्रममा जनमत पार्टीको साङ्गठनिक प्रतिवेदन केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज सूर्यदेव यादवले प्रस्तुत गरे । सोही कार्यक्रममा सप्तरीका १८ ओटै स्थानीय तहका संयोजकहरु समेत साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रम सञ्चालन जनमत पत्रकार संघका कमल कुमार मण्डलले गरे ।