• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

हनुमाननगर कंकालिनी नपाका जनप्रतिनिधिको मनमानी विरुद्ध युवाहरु आन्दोलित (भिडियोसहित)

हनुमाननगर कंकालिनी नपाका जनप्रतिनिधिको मनमानी विरुद्ध युवाहरु आन्दोलित (भिडियोसहित)

राजविराज, ०५ असार । अपारदर्शि ढंगले विकास निर्माण कार्य गरिरहेकोे भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का युवाहरुले आन्दोलन थालेका छन ।
आन्दोलन स्वरुप कौशिकी जनहित समाज नेपाल आवद्ध युवाहरुले शुक्रवारदेखि धर्ना कार्यक्रम सुरु हुन् । जनप्रतिनिधिहरुले आसेपासे उपभोक्ता समिति गठन गरेर मनमानी ढंगले विकास निर्माण कार्य गरिरहेको तथा योजनाहरुबारे सूचना माग गर्दा समेत वेवास्ता गर्दै आएको उनीहरुको आरोप छ ।
वडा कार्यालयमा लिखित रुपमै पटक पटक सूचना माग गर्दा पनि उपलब्ध नगराएकोले बाध्य भएर आन्दोलन सुरु गरेको समाजका अध्यक्ष सुरेन्द्र मण्डलले बताए । ‘वडाबाट सञ्चालित अधिकांश योजनाको सूचना नै पारदर्शि गर्दैनन्’ उनले भने–‘सूचनाकालागि हामीले लिखित रुपमै पटक पटक निवेदन दिएपनि जनप्रतिनिधिहरुले वास्ता नै गर्दैनन् र बाध्य भएर हामीलाई आन्दोलन नै थाल्नुपर्यो ।’
उनले अझै आफुहरुलाई सूचना उपलब्ध नगराए थप सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनी समेत दिए । विकास कार्यमा चोरी होइन, पारदर्शिता कायम गरौं र गराऔं, विकासलर्य ठेकेदार मोटाउने साधन होइन, रोजगार बढाउने अवसर बनाऔं, सूचनाको हक कायम गरौं, विकास निर्माणमा कार्यकर्ता पाल्ने मात्र होइन, आम जनता पनि सहभागी हने वातावरण बनाऔं लगायतका नारासहित उनीहरुले आन्दोलन थालेका हुन् ।
उता, वडा अध्यक्ष भिमराज मण्डलले भने वडा कार्यालयबाट उपलब्ध हुने खालका सवै सूचनाहरु उपलब्ध गराइसकेको बताए । ‘यता केही नगरपालिका र प्रदेश सरकारको योजनाहरु पनि सञ्चालित छन, ती कतिपय योजनाहरुबारे आफुहरुलाई नै जानकारी छैन्’ उनले भने–‘ती योजनाहरुको सूचना उपलब्ध गराउन सकिएन् ।’
</p>