• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भ्रमलाई पछ्याउँदै चढाईदैछ कोरोनालाई दही चिउरा

भ्रमलाई पछ्याउँदै चढाईदैछ कोरोनालाई दही चिउरा

राजविराज, ३ असार । कोरोना भाइरसबाट जोगिनकालागि सावधानी अपनाउनुपर्नेमा कोरोना भाइरसलाई पूजा क्रम अझैं रोकिएको छैन ।
अनावश्यक भ्रम र हल्लाका पछाडि लागेर महिलाहरु कोरोना पूजा गर्ने लागेको पाईएको हो । यसै क्रममा इनरुवा गाउँका महिलाहरुले बुधबार कोरोनाको पूजा गरेका छन् । स्थानीय सञ्चारकर्मी एवम् कलाकर्मी कमल मण्डलका अनुसार एक वृद्ध सपनामा आएर आफु कोरोनाको हजुरआमा भएको भन्दै दही, चिउरा, लडु केरा चढाएमा गाउँमा रोग व्याधी नलाग्ने हल्लाको पछाडि लागेर महिलाहरु पूजाआजामा जुटेका छन् ।
स्थानीयवासिन्दालाई सम्झाउँदा पनि केही जोर नचलेपछि आफु समेत उक्त कार्यमा आर्थिक सहयोग गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् । आफुले हल्ला कहाँबाट आएको हो भनी खोजी गर्दा पत्ता नलागेको मण्डलले बताए । तस्विरः कमल मण्डल|इनर्वा