• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
देउरी स्वास्थ्य चौकीको शिलान्यास

राजविराज, ३१ जेष्ठ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नं.९ सिमरहास्थित देउरी स्वास्थ्य चौकी भवनको शनिवार शिलान्यास भएको छ ।
सोही ठाउँकी गगियादेवी साहले स्वस्थ्य चौकी निर्माण गर्न ७ कठ्ठा जग्गा उपलब्ध गराएपछि भवनको शिलान्यास गरिएको हो । नगरपालिकाका मेयर आतेश सिंह, वडा अध्यक्ष तपसी यादव र जग्गा दाता साहले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
निर्माण हुन लागेको चार कोठे भवन भुकम्प प्रतिरोधात्मक तथा वृद्ध र अपाङ्गमैत्री रहने नगरपालिकाका इन्जिनियर अरबिन्द्र कुमार यादवले जानकारी दिए । भवन शिलान्यास कार्यक्रममा दाता साहलाई सम्मान समेत गरिएको छ ।