• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

वैवाहिक वर्ष गाँठमा झा दम्पतिद्वारा अति विपन्नलाई खाद्यान्न वितरण

वैवाहिक वर्ष गाँठमा झा दम्पतिद्वारा अति विपन्नलाई खाद्यान्न वितरण

राजविराज, ३१ जेष्ठ । ‘ह्याप्पी एनिर्वसरी’ भन्दै आलीसान होटलमा लाखौं रुपैयाँ खर्च गरेर वैवाहिक वर्ष गाँठ मनाउनेहरुको कमी छैन हाम्रो समाजमा । तर, सप्तरीको राजविराज नगरपालिकाका एक दम्पति भने पार्टीमा खर्चिने परम्पराभन्दा अलिमाथि उठेर नयाँ ढंगले आफ्नो वैवाहिक वर्ष गाँठ मनाएको हो ।
वडा नं.६ का व्यवसायी इन्जिनियर शैलेन्द्रमोहन झा र साहित्यकार एवं समाजसेवि करुणा झाले छाक टार्न समस्या खेप्दै आएका दलित परिवारलाई खाद्यान्न वितरण गरेर शनिवार आफ्नो ३३ औं वैवाहिक वर्ष गाँठ मनाएका हुन् ।
दम्पतिले राजविराज वडा नं. ६ का ९ वटा अति विपन्न परिवारलाई चामल, दालसहितका खाद्यान्न समाग्री वितरण गरेको हो । ‘कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण तथा रोकथामका निम्ति थालिएको बन्दीबन्दीले यतिवेला अति विपन्न तथा श्रमिक परिवारलाई गुजारा चलाउन समस्या परेको विषय कसै समक्ष लुकेको छैन’ करुणा झाले भनिन् ‘यी कुरालाई मध्यनजर गर्दै केही दिनलाई भएपनि त्यस्ता परिवारको दैनिकी सहज हुन्छ सोचेर आफुहरुले वैवाहिक वर्ष गाँठको अवसरमा खाद्यान्न वितरण गरेरे हो ।’
अनाहकमा पार्टी वा भोजभतेर गरेर रकम खर्चिनुभन्दा पनि त्यस्ता परिवारलाई खाद्यान्न उपलब्ध गराएर आफुलाई खुशी तुल्याएको उनले बताइन् ।