• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बलान विहुल गाउँपालिकाको नयाँ कार्यालय भवन शिलान्यास

बलान विहुल गाउँपालिकाको नयाँ कार्यालय भवन शिलान्यास

राजविराज, ३० जेष्ठ । सप्तरीको बलान विहुल गाउँपालिकाको नयाँ कार्यालय भवन निर्माण हुने भएको छ ।

नयाँ कार्यालय भवनको शुक्रवार शिलान्यास भएको हो । गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले कार्यालय भवनको शिलान्यास गरेका छन । भवनको शिलान्यास गर्दै अध्यक्ष गोइतले यसअघि सञ्चालन भइरहेको भवनमा कोठा अभावका कारण सेवा लिनकालागि आउने सेवाग्राहीलाई समस्या भइरहेकोले नयाँ भवन निर्माण गर्न लागेको बताए ।

‘कार्यालयमा ठाउँ अभावले सेवाग्राही र कर्मचारी दुवैलाई समस्या भइरहेको थियो’ उनले भने ‘अब निर्माण हुन लागेको भवनबाट सेवा प्रवाह गर्न सहज हुनेछ भने सेवाग्राही सेवा लिन पनि सहज हुनेछ ।’ कर बाहेक १ करोड १९ लख ९७ हजार ३ सइ ४२ रुपैयाँको लागतमा नयाँ कार्यालय भवन निर्माण हुन लागेको जनाएको छ ।