• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हटैलका युवकको दोस्रो पटकको रिपोर्ट नेगेटिभः अब तेस्रो रिपोर्टको प्रतिक्षा

हटैलका युवकको दोस्रो पटकको रिपोर्ट नेगेटिभः अब तेस्रो रिपोर्टको प्रतिक्षा

राजविराज, २० जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका संक्रमित १८ वर्षिय युवकको दोस्रो पटकको स्वाब परीक्षण नेगेटिभ आएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा उपचारार्थ ती युवकको दोस्रो पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्र्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । उनका अनुसार आइसोलेसनमा रहेका ती युवकमा कोरोनाको कुनै लक्षण नदेखिएको तथा हालको अवस्था सामान्य रहेको छ ।
तेस्रो पटक पनि उनको स्वाब संकलन गरी धरान स्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको काभिड–१९ परीक्षण प्रयोगशाला पठाईएको छ । बुधबारसम्ममा उनको स्वाब रिपोर्ट आउने जानकारी दिँदै जनस्वास्थ्य प्रम्ुख यादवले भने ‘तेस्रो पटकको पनि स्वाब रिपोर्ट नेगेटिभ आए उनलाई निको भएको प्रमाणसहित घर पठाईनेछ ।’
चितवनबाट आएका १८ वर्षिय युवालाई तत्काल चन्द्र कन्त माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएको थियो । रिपोर्ट नआईकनै उनलाई क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको थियो । स्वाब रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्कालै राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।