• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीकी मृतक महिलाको स्वाब रिपोर्ट नेगेटिभ

सप्तरीकी मृतक महिलाको स्वाब रिपोर्ट नेगेटिभ

राजविराज, १४ जेठ । कोरोना संक्रमणको आशंका गरिएको सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–११ कि मृतक महिलाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
गोरपार टोलकी ममता देवी माझीको ज्वरो, पखाला र दम जस्तो समस्या देखिएर मङ्गलबार विहान मृत्यु भएको थियो । उनलाई उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज लगिएकोमा सामान्य उपचार पश्चात सोही दिन घर फर्किएकी थिईन् ।
मृतक माझीको कोरोना संक्रमणबाट मृत्यु भएको हुनसक्ने भनी आशंकामा स्वाब संकलन गरी परीक्षणकालागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । बुधबार स्वाब रिपोर्ट आएपछि ती मृतक महिला कोरोना संक्रमित नरहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।