• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नौ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

राजविराज, १० जेठ । लकडाउन (बन्दाबन्दी)को उल्लंघन गर्दै भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका एक भारतीय नागरिकको साथबाट शनिवार अपराह्न नेपाली ९ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१४ कोशी पलारमा भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका भारतको सुपौल जिल्ला बथनाहा गाउँ पञ्चायत वडा नम्वर–१७ का २८ वर्षिय फुल कुमार मेहता पक्राउ परेका हुन् । शंकास्पद तवरले हिडिरहेको अवस्थामा फेला पारी उनको साथमा रहेको हातमा झुन्ड्याउने नाइलनको झोला शंका लागेर चेकजाँच गर्दा उक्त झोलामा २ केजी चिनीले छोपी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको थियो । प्रहरी चौकी रामपुर मल्हनियाँबाट खटिएको प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुर सहितको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ । पक्राउ परेका मेहतामाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।