• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरीद्वारा विभिन्न स्थानबाट अवैध सामान बरामद

प्रहरीद्वारा विभिन्न स्थानबाट अवैध सामान बरामद

राजविराज, १० जेठ । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्वर–८ बैरिया स्थित भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली गरी ल्याउँदै सूर्तीजन्य पदार्थ लगायतका सामानहरु प्रहरीले बरामद गरेको छ ।
प्रहरीको गस्ती टोलीले २८ पौका कबिर छाप सुर्ती सहितका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–६ स्थित राजबिराजबाट कुपहीतर्फ आउँदै गरेको बा ८७ प २०३५ र को ३५ प ७७३६ नम्बरको मोटरसाइकलमा तीन–तीन कार्टुन दिलवाले नामक रक्सी लगिरहेको अस्थामा ईलाका प्रहरी कार्यालय सखडाबाट खटेको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी नायब निरीक्षक सहितको प्रहरी टोलीले रोक्न खोज्दा मोटरसाइकल र रक्सी छोडेर फरार भएको हँुदा दुबै मोटरसाइकलको अन्दाजी मूल्य ३ लाख ८० हजार २ सय र ६ कार्टुन रक्सीको करिब १० हजार २ सय गरी जम्मा ३ लाख ९० हजार ४ सय रुपैयाँ बराबरको समान प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्ला सप्तरी बोदेबर्साइन नगरपालिका वडा नम्वर–७ मानराजा स्थित भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको १० प्याकेट बिडी प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।
रुपनी गाउँपालिका वडा नम्वर–३ हर्दियाका प्रभु राम मुखियाको घरमा अवैध रुपमा रक्सी भट्टी खोलेको भन्ने प्राप्त सूचना अनुसार सुरक्षा वेस क्याम्प पत्थरगाडाबाट खटिएको प्रहरी नायब निरीक्षक सहितको प्रहरीले टोलीले स्थानीय बासिन्दाको रोहबरमा उक्त भट्टी नष्ट गर्नुको साथै रक्सी बनाउने ४० लिटर कच्चा पदार्थ नष्ट गरी, रक्सी बनाउने भाडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सप्तरी बोदेबर्साइन नगरपालिका वडा नम्वर–८ बैरिया स्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको २८ पौका कबिर छाप सुर्ती प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।