Top_Header_Right_Add

महिलाहरुले मनाए बरसाइत पर्व

महिलाहरुले मनाए बरसाइत पर्व

राजविराज, ९ जेठ । लकडाउनका बावजुद पनि मैथिल महिलाहरुद्वारा शुक्रवार वरसाइत पर्व मनाईएको छ ।
पतिको दिर्घायु, सुख, समृद्धि, र परिवारको कल्याणकालागि मैथिल महिलाहरुले यो पर्व मनाउँदैआएका छन् । जिल्लाको विभिन्न स्थानहरुमा रहेको वरको रुखमुनि पूजाआजा गरिएको छ । वरको रुखमा ब्रम्हा र विष्णुको वास समेत हुने जनविश्वासका साथ वर पूजा गर्ने भएकोले यस पर्वलाई बट सावित्री पर्व पनि भन्ने गरिन्छ ।
पौराणिक कथाअनुसार सावित्रीले वरकै रुखमुुनि आराधना गरी मृत पति सत्यवानलाई पुनर्जीवित तुल्याएकी थिइन् । वरको रुखमा रहेको धोद्रोबाट निस्केको सर्पले टोक्दा सत्यवान मृत अवस्थामा पुगेका र रुखमुनि यमराजको आराधना समेत गरी सावित्रीले पतिलाई पुनर्जीवित तुल्याएको कारणले त्यहिबेलादेखि वरसाइतको ब्रत मनाईने गरिएको जनविश्वास रहेको छ ।
हरेक वर्ष जेष्ठ महिनाको अमावश्याका दिन गरिने वरसाइत व्रतभन्दा एक दिनप्ूर्व नै नव विवाहिता बेहुलीले पतिको घरबाट आफ्नो माइतमा पठाइएको सामग्रीले ”गौरी नैवेद्य” चढाउने चलन छ । यसमा धानको लावा भुटेर बेसारको गौरी बनाई पूजा गरिन्छ । वरको रुखलाई रङ्गाईएको काँचो धागो बेरेर पूजा आजा गरेपछि सोही ठाउँमा बट सावित्रीको कथा समेत श्रवण गर्ने प्रचलन रहेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer