• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश २ मा कोरोना पोजेटिभको संख्या १ सय ३७

प्रदेश २ मा कोरोना पोजेटिभको संख्या १ सय ३७

राजविराज, ८ जेठ । प्रदेश नम्वर २ मा मात्रै कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या एक सय ३७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार विहीबार बेलुकीसम्मको अपडेट अनुसार प्रदेश नम्वर २ मा सर्वाधिक संक्रमित पर्सामा ८८ जना र रौतहटमा २२ जना पाईएको छ । सप्तरी र सिरहामा एक–एक जना, धनुषामा ८ जना, रौतहटमा ८ जना, महोत्तरीमा ४ जना, सर्लाहीमा ५ जना तथा अन्य ३ जना समेत गरी संक्रममित संख्या एक सय ३७ पुगेको छ ।
हालसम्म प्रदेश २ का आठ ओटै जिल्लामा ७ हजार २ सय ४२ जनाको स्वाब संकलन गरिएको छ । एक हजार सात सय सत्तरी जनाको स्वाब रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी ५ हजार ५ सय ४४ जनाको आरडिटी गरिएकोमा १२ जनामा आरडिटी पोजेटिभ आएको छ ।