• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमत पार्टीद्वारा बोदे वर्साइन नगरपालिकालाई ध्यानाकर्षण–पत्र

जनमत पार्टीद्वारा बोदे वर्साइन नगरपालिकालाई ध्यानाकर्षण–पत्र

राजविराज, ८ जेठ । कोरोना भाइरसबाट जोगिन जारी लकडाउनका कारण विपन्न परिवारहरुलाई जिवन धान्न समस्या भईरहेको भन्दै जनमत पार्टीद्वारा विहीबार बोदे बर्साइन नगरपालिकाको ध्यानाकर्षण गराईएको छ ।
विपन्न, अति विपन्न एवम् मध्यमवर्गीय सर्वसाधारणको जनजिवन कष्टकर बन्न पुगेको भन्दै दोस्रो चरणको राहत व्यवस्था गर्न पार्टीले माग गरेका हुन् । पार्टीको नगर समितिद्वारा नगरपालिकाका प्रमुख आतेश कुमार सिंहको ध्यानाकर्षण गराउँदै अबिलम्व सर्वसाधारणको समस्या समाधानमा जुट्न आग्रह गरिएको छ ।
विदेशमा फँसेका श्रमजिवि युवाहरूको समस्या सम्बोधन गर्न, शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणको संख्या बढाउन, किसानहरुलाई बिउबिजन, मलखाद ईत्यादी उपलब्ध गराउन जनमत पार्टीका नगर संयोजक ई. आलोक कुमार यादव नेतृत्वको टोलीले मेयर सिंहसँग आग्रह गरेका छन् ।