• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा महिला जनप्रतिनिधीको मृत्यु रहस्यमय

सप्तरीमा महिला जनप्रतिनिधीको मृत्यु रहस्यमय

राजविराज, ०४ जेष्ठ । सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ का सम्पर्क विहिन एक जनप्रतिनिधीको मृत्यु भएको पुष्टि भएको छ ।
गत वैशाख १२ गतेदेखि सम्पर्क विहिन रहँदैआएकी महिला वडा सदस्य दुर्गाकुमारी साहको मृत्यु भएको पुष्टि भएको हो । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ । पोष्टमार्टम रिपोर्ट हालसम्म नआएको तथा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापा क्षेत्रीले बताए ।
उनका अनुसार खडक नगरपालिका वडा नम्वर–११ बनौलीका नारायण साहले आफ्नी पत्नी रहेको दावी गर्दै शव बुझेका थिए । प्रहरीलाई झुठो विवरण दिएर शव बुझेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।