• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मिचिएको भू–भाग फिर्ता गराउन युवा संघको माग

राजविराज, २ जेठ । अतिक्रमित भू–भाग फिर्ताको माग गर्दै राष्ट्रिय यूवा संघ नेपाल सप्तरीले प्रमुख जिल्ला अधिकारी मार्फत शुक्रवार परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र पठाएको छ ।
संघका जिल्ला अध्यक्ष विनोद कुमार यादवको नेतृत्वमा युवाहरुको टोलीले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापनपत्र पठाएका हुन् । भारतीय पक्षद्वारा व्यास गाउँपालिकाको वडा नम्वर १ गुल्मीदेखि लिपुलेकसम्मको भू–भाग मिचेर २२ किलोमिटर लामो बाटो निर्माण गरेको खबरले आफुहरुलाई आक्रोशित बनाएको ज्ञापन–पत्रमा उल्लेख । कुटनीतिक पहलबाट उक्त कार्य रोक्न रोकाउन र सम्पूर्ण मिचिएको भू–भाग फिर्ता गर्न गराउन विशेष पहल थाल्न संघले जोडदार माग गरेको छ ।