• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

हात्ती आक्रमणबाट मृत्यु भएकी मगर परिवारलाई किरिया खर्चवापत रकम प्रदान

हात्ती आक्रमणबाट मृत्यु भएकी मगर परिवारलाई किरिया खर्चवापत रकम प्रदान

बृजमान तामाङ
बिरेन्द्र बजार, २७ वैशाख । हात्ती आक्रमणबाट मृत्यु भएकी सप्तरीको शम्भुनाथ नगरपालिका–२ की जानकी मगरको परिवारलाई डिभिजन वन कार्यालय सप्तरीले शनिवार ५० हजार प्रदान गरेको छ ।
जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएकी मगरको परिवारलाई किरिया खर्चवापत सो रकम उपलब्ध गराएको हो । कार्यालय सप्तरीका प्रमुख जिल्ला वन अधिकृत संतोष कुमार झाले भलवाहीस्थित मृतकको घरमा पुगेर मृतकका पति पेसल मगरलाई रकम हस्तान्तरण गरेका छन।
अधिकृत झाले तत्काल मृतक परिवारलाई किरिया खर्चवापत उपलब्ध गराएको बताउदै राज्यपक्षबाट पाउने बाँकी सुविधाकालागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । झाका अनुसार हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राज्यले १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । घरमा सुतिरहेकी मगरलाई गत विहिवार राति बस्ती पसेको हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो ।