• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उदयपुर, पर्सा र कपिलबस्तुका थप ७ जनामा कोरोना संक्रमण

उदयपुर, पर्सा र कपिलबस्तुका थप ७ जनामा कोरोना संक्रमण

राजविराज, २७ वैशाख । उदयपुर, पर्सा र कपिलबस्तुका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीया तीन महिला, पर्सा छपकैयाका ६२ वर्षीय पुरुष र कपिलबस्तुका १७ र दुई जना १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको तथा सवै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।