• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा हात्तीको आक्रमणले महिलाको ज्यान गयाे

सप्तरीमा हात्तीको आक्रमणले महिलाको ज्यान गयाे

वृजमान तामाङ
बिरेन्द्र बजार, २५ बैशाख । सप्तरीमा बिहिवार जंगली हात्तीको आक्रमण परी एक ३८ बर्षिय महिलाको मृत्यु भएको छ । हात्ती आक्रमणबाट शम्भुनाथ नगरपालिका वडा नम्बर २ भल्वाईकी जनकी मगरको मृत्यु भएको हो । घरमा सुतिकी मगर हात्ती आएको थाहा पाएपछि भाग्ने क्रममा हात्तीले कुल्चेर मरेको स्थानियले जनाएको छ । राती १ बजे श्रीमतीसंगै घर भित्र सुतेको समयमा आङ्गनमा तिनवटा हात्ती आएर घर भत्काउन शुरु गरेकाले ज्यान जोगाउन दुबैजना भग्ने क्रममा हात्तीले श्रीमतिलाई सुडले समातेर टाउकोमा किल्चेर घाईते बनाएको मृतकका पति पेशल मगरले बताए । हात्ती आक्रमणबाट गम्भीर मगरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मगरको शव गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल राजबिराजमा परिक्षणका लागि लगिएको स्थानीय बाबुराम घिमिरेले बताए । शवको परिक्षण पछि परिवारको जिम्मा लगाईने प्रहरीले जनाएको छ । मृतक मगरको तीन छोरी र एक छोरा छ्न । छोराछोरी भने हात्ती आउने त्रासले छिमेकीको घरमा सुतेका कारण ज्यान बाँचेको स्थानीयले बताएका छ्न । हात्तीले सोही ठाउँमा लक्षमण मण्डल र बलाराम ईसरको घर तोडफोड गरेर लाखौं क्षति गरेको घिमिरेले बताए । हात्तीले मगरको ज्यान लिएपछि पुर्वतर्फ लागेको स्थानीयबासीले बताएका छ्न । सोही हात्तीको समूह बिहान ६ बजे अग्निसाईर कृष्णासवरन गाउँपालिका पुगेको स्थानीय बासिन्दाहरुले जनाएका छ्न । हात्ती बनक्षेत्रमै रहेका कारण ज्यानलिने त्रास कायमै रहेको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का भिम बहादुर राईले जानकारी दिए ।
यसैबीच डिभिजन बन कार्यालय सप्तरीका प्रमुख संतोष कुमार झाले दु:खद घटना घटेको भन्दै पीडित परिवार प्रती सहानुभूति जनाएका छ्न । दुःखको यस घडिमा पीडित परिवारका लागि राज्यले प्रदान गर्ने सेवासुबिधाका लागि सहयोग गर्न लागि पर्ने जिल्ला बन अधिकृत झाले प्रतिबद्धता व्यक्त गरे । उनले डिभिजन बनकार्यालयले तुरुन्तै क्रिया खर्च बापत ५० हजार उपलब्ध गराउने साथै सरकारले क्षतिपूर्ति बापात दिने थप १० लाख सहयोगका लागि कोशी टप्पुबन्यजन्तु आरक्षणबाट चाडै उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।