• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजको चौबाटोमा दुर्गन्ध!

‘यो घोर सामाजिक अपराध हो, यसरी नाला सफा गराउदा नालाबाट निस्किने फोहोरहरु व्यवस्थित गर्नुपर्ने थियो’ उनले भने–‘तर,दुर्गन्ध फैलिएको अवस्था हेर्दा लाग्छ जनप्रतिनिधिहरु नगरवासीको स्वास्थ्यप्रति चिन्तित नै छैन् ।’
राजविराजको चौबाटोमा दुर्गन्ध!

राजविराज, २२ वैशाख । सप्तरीको राजविराज नगरपालिकामा वन्दाबन्दीको बेला पनि जनप्रतिनिधिले सरसफाइमा ध्यान नदिँदा दुर्गन्ध फैलिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति यतिवेला नगर क्षेत्रलाई स्वच्छ र सफा राख्न जनप्रतिनिधिले सरसफाईमा गम्भिर भएर कार्य गर्नुपर्ने हो । तर, जनप्रतिनिधिको गैरजिम्मेवारीले सरसफाईको नाममा पनि नगरको मुटु नै दुर्गन्धित बनेपछि नगरवासी आक्रोशित बनेका छन ।
वडा नम्वर ७ स्थित नगरपालिका कार्यालयको पछाडी नै नाला सफा गरेर चौबाटोमै थुपारेका कारण सो क्षेत्र नै दुर्गन्ध बनेपछि उनीहरु आक्रोशित बनेका हुन् । ‘यो पनि जिम्मेवारीपूर्ण काम हो त?, नालाबाट फोहोर निकाल्न लगाएर सडकमै थुपारेका छन्’ पप्पुकुमार यादवले भने–‘यहाँका केही नगरवासीको बदमासी पनि उति नै छ, केहीले नालामै शौचालयको फोहोर निकासा गरेको देखिन्छ । र जनप्रतिनिधिले त्यहि फोहोर नालाबाट निकाल्न लगाएर सडकमै थुपारेपछि अहिले नगरको मुटु नै दुर्गन्धित बनेको छ ।’


यस्तो कार्यले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले जनप्रतिनिधिले गम्भिर भएर अघि बढ्नुपर्ने उनले बताए । ‘नगरवासीले गलत गर्छ भने उनीहरुलाई पनि कानूनी दायरामा ल्याउनु जरुरी छ’ उनले थपे–‘तर जनप्रतिनिधिले ठोस कार्य गर्न चाहेकै छैन्, देखाउने र प्रचारवासीबाहेकका के काम गरेको छ र?’
नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले कोरोना भाइरस विश्व महामारी बनेकोले सर्वसाधरणहरु त्रसित रहेको बेला मानव स्वास्थ्यसँग जोडिएका विषयहरुमा जनप्रतिनिधिलाई गम्भिर हुनुपर्नेमा जोड दिए । ‘यो घोर सामाजिक अपराध हो, यसरी नाला सफा गराउदा नालाबाट निस्किने फोहोरहरु व्यवस्थित गर्नुपर्ने थियो’ उनले भने–‘तर,दुर्गन्ध फैलिएको अवस्था हेर्दा लाग्छ जनप्रतिनिधिहरु नगरवासीको स्वास्थ्यप्रति चिन्तित नै छैन् ।’
उता, वडा नम्वर ७ का अध्यक्ष मागीलाल नाइले सो स्थानमा नाला जाम भएपछि सफा गराउने क्रममा फोहोर निकाल्न लगाएको स्वीकार गरे । ‘सफा गराउँदा नालाबाट फोहोर निकालिएकै हो, तर सो स्थानमा शौचालयको फोहोर निकासा गरेको विषयमा जानकारी छैन्,’ उनले थपे ।