• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

गायिका अन्जुको मिथिला वर्णन गरिएको गीत सार्वजनिक(भिडियो हेर्नुहोस्)

गायिका अन्जुको मिथिला वर्णन गरिएको गीत सार्वजनिक(भिडियो हेर्नुहोस्)

राजविराज, १० वैशाख । वैवाहिक बन्धनमा बाँधिएपछि चर्चित गायिका अन्जु यादवको पहिलो मैथिली गीत हालै सार्वजनिक भएको छ ।
‘मिथिलाके कर्म छै प्रधान गे बहिना’ बोलको मैथिली गीत बुढा सुब्बा डिजिटल यु–ट्युब च्यानलबाट दुई दिन अघि मात्र उक्त गीत सार्वजनिक भएको हो । भोर फिल्म्सको ब्यानरमा निर्माण भएको गीतमा शब्द रचना किरण झाको रहेको छ ।
रोशन मिश्राको सङ्गीत रहेको गीतको पोष्टर डिजाइन तथा भिडियो सम्पादन विकास लामिछानेले गरेका छन् । काठमाण्डौ स्थित मेलोडी स्टुडियोमा रेकर्डिङ्ग गरिएको उक्त गीतको स्वामित्व आरजु महतोको रहेको छ ।
गीतमा मिथिला क्षेत्रको सांस्कृतिक परम्परा, पर्व त्यौहार, परिधान एवम् परिवेशको वर्णन रहेको गीतको संयोजन एवम् निर्देशनकर्ता राजकुमार महतोले जानकारी दिएका छन् । मिथिलाको सजिव चित्रण एवम् मौलिकता झल्किने उक्त गीतको पूर्ण भिडियो समय एवम् महिना अनुसार छायाङ्कन गरिने समेत बताईएको छ । हालसम्म निर्माण भएका मैथिली गीतहरुमध्ये ‘मिथिलाके कर्म छै प्रधान गे बहिना’ बोलको गीत हरेक दृष्टिकोणले उत्कृष्ट रहेको निर्माण पक्षले जनाएको छ ।