• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्थानीय प्रशासन र स्थानीय तहहरुलाई गम्भीर बन्न पत्रकार महासंघको आग्रह

स्थानीय प्रशासन र स्थानीय तहहरुलाई गम्भीर बन्न पत्रकार महासंघको आग्रह

राजविराज, १९ चैत्र । खुल्ला सिमानाका कारण भारतबाट लुकिछिपी सर्वसाधारण प्रवेश गरिरहेको पाईएकोले सप्तरी जिल्ला कोरोनाको उच्च जोखिममा रहेकोले स्थानीय प्रशासन र जनप्रतिनीधिलाई थप भूमिकाकालागि नेपाल पत्रकार महासंघ शाखाले आग्रह गरेको छ ।
महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा निकाय तथा स्थानीय तहहरुले कोरोना संक्रमण नियन्त्रणकालागि गरेको प्रयास सराहनीय रहेको भन्दै थप भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । स्थानीय तहहरुद्वारा स्थापना गरिएको क्वारेन्टाइनमा थप सुधारको खाँचो रहेको प्रेस विज्ञप्तिमा ठहर गरिएको छ ।
भारतीय नाकाबाट जिल्ला प्रवेश गरिरहेका व्यक्तिहरुको खोजी गर्दै क्वारेन्टाइनसम्म पुर्याउन प्रशंसनीय भूमिका रहेको विज्ञप्तिमा जनाईएको छ । सप्तरी जिल्लाका सञ्चारकर्मीहरु देश र समाजलाई सु–सूचित गर्न निभाएको भूमिकाको चर्चा गर्दै अध्यक्ष खड्गाद्वारा प्रेषित विज्ञप्तिमा अगाडि भनिएको छ ‘हालको कोरोनाको संकटमा समेत उच्च जोखिम मोल्दै निभाएको भूमिका कसैबाट लुकेको छैन, तर यस कोरोनाको महामारी नियन्त्रण गर्ने सन्दर्भमा जिल्ला स्थित सुरक्षा संयन्त्र तथा स्थानीय तहहरु बीच समन्वयको अभाव रहेको हामीले महशुष गरेका छौं ।’
कोरोना नियन्त्रणको एकमात्र उपाय लकडाउन भए पनि पूर्व–पश्चिम राजमार्गमा काठमाण्डौबाट आउने लामो दूरी सवारी साधन रातभरी सयौंको संख्यामा सञ्चालन हुने गरेकोले गम्भीर हुन विज्ञप्ति मार्फत महासंघका अध्यक्ष खड्गाले आग्रह गरेका छन् । लकडाउनको पूर्ण पालना गर्न तथा सामाजिक दूरी कायम राख्दै घरमै बस्न सबैमा महासंघ शाखा सप्तरीले आग्रह गरेको छ ।