• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महादेवा गापाद्वारा ‘लकडाउन’ले प्रभावित मजदुर परिवारकालागि राहत ल्याउँदै

‘अहिले कोही पनि अत्यावश्यक बाहेक घरबाट निस्केका छैन्, तर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारको दैनिकी प्रभावित भईरहेको पाए।’
महादेवा गापाद्वारा ‘लकडाउन’ले प्रभावित मजदुर परिवारकालागि राहत ल्याउँदै

राजविराज, १८ चैत्र । सरकारले आह्वान गरेको ‘लकडाउन’का कारण ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारको दैनिकी प्रभावित हुन थालेपछि सप्तरीको महादेवा गाउँपालिकाले राहत प्याकेज ल्याउने भएको छ ।
ती परिवारहरुलाई राहत उपलब्ध गराउने कार्य अघि बढेको गाउँपालिकाका अध्यक्ष दिपककुमार यादवले जानकारी दिएका छन । ‘गाउँपालिकाभरि लकडाउन कार्यक्रम पूर्ण रुपमा कार्यान्वय भईरहेको छ, कारोना भाइरसबाट बच्न र बचाउनकालागि अति आवश्यक बाहेक घरमै बस्नुस् जस्ता सुचनाहरु निरन्तर गाउँपालिकाभरि म्याकिङ्ग भईरहेको छ’ उनले भने–‘अहिले कोही पनि अत्यावश्यक बाहेक घरबाट निस्केका छैन्, तर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारको दैनिकी प्रभावित भईरहेको पाए।’
उनले ती परिवारहरुको जीविकोपार्जन सहज पार्नकालागि राहत प्याकेज ल्याउन लागिएको बताए । ‘अहिले त हामी त्यस्ता परिवार कति छन् भने यकिन गर्ने कार्य गरिरहेका छौं, यकिन गर्न २–३ दिन लाग्नसक्छ’ उनले भने–‘त्यस लगत्तै राहत स्वरुप खाद्यान्न सामाग्री उपलब्ध गराउने तयारी छ ।’ चामल, खाने तेल, दालसहितका खाद्यान्न उपलब्ध गराउने तयारी रहेको अध्यक्ष यादवले जानकारी दिए ।
गाउँपालिकावासीलाई भाइरस संक्रमणबाट जोगाउनकालागि प्रति घर ३–३ वटा मास्क र साबुन वितरण कार्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताए । ‘हामीले ३४ हजार मास्क र २१ हजार साबुन ल्याएर वितरण कार्य थाले, अहिले पनि केही स्थानमा मास्क र साबुन वितरण भईरहेको छ’ उनले भने–‘यस अतिरिक्त पनि अत्यवश्यक कामले बाहिर निस्किने सर्वसाधारणहरुलाई लक्षित गरी २१–२२ स्थानमा हात धुनकालागि साबुन र पानीको व्यवस्था गरिएको छ ।’
५० शैय्याको क्वारेन्टाइन
गाउँपालिकामा विदेशबाट आएका र आउने व्यक्तिहरुमाथि निगरानी राख्न २ स्थानमा क्वारेन्टाइन कक्ष सञ्चालन गरेको छ । ‘वडा नं.१ स्थित नरबहादुर थापा मावि पकरी महादेवामा २५ र वडा नं.३ स्थित मावि बथनाहामा २५ गरी ५० शैय्याको क्वारेन्टाइन कक्ष सञ्चालनमा छ’ गाउँपालिकाका सव–ईन्जिनियर रविन्द्रकुमार मण्डलले भने–‘जसमा हाल वडा नं.१ स्थित नरबहादुर थापा मावि पकरी महादेवामा रहेको क्वारेन्टाइनमा भारतबाट आएका ७ जनालाई राखिएको छ ।’
गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमै बस्न आग्रह समेत गरेको छ ।

भाइरसबाट बच्न तथा रोकथामकालागि विदेशबाट आएकाहरु कृपया क्वारेन्टाइनमै बस्नुस्’ उनले भने–‘यसले आफु बच्न र अफ्ना परिवार तथा समूदायलाई बचाउन सकिन्छ, यसकासाथै कुनै टोलमा कोही विदेशबाट आएको छ भने गाउँपालिकालाई जानकारी गराउन आग्रह छ ।’