• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गजेन्द्रनारायण सिंह अस्पतालमा आईपुग्यो पीपीई सेट लगायतका सामग्री

सोमवारसम्म फिभर क्लिनिकमा एक सय ५१ जनाको स्वास्थ्य परीक्षण
गजेन्द्रनारायण सिंह अस्पतालमा आईपुग्यो पीपीई सेट लगायतका सामग्री

राजविराज, १७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौले पठाएको कोरोना भाइरसका शंकास्पद विरामीहरुको उपचारमा प्रयोग हुने आवश्यक सामग्रीहरु राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल आईपुगेको छ ।
मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाले चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुकालागि पीपीई, गौन, मास्क लगायत सामग्रीहरु पठाएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्ट डा. चुमनलाल दासका अनुसार महाशाखाबाट सेट पीपीई सेट २० थान, एक सय थान गौन, पाँच हजार थान मास्क, सेनिटाइजर ५ बोतल प्राप्त भएको छ ।
यस अघि स्वास्थ्य सेवा विभाग टेकुबाट पीपीई सेट ९ सेट, चौधरी ग्रुपबाट पीपीई सेट १५ सेट प्राप्त भएको छ । कोरोना परीक्षण सम्वन्धी ल्याब टेक्निसियनकालागि २ पीपीई प्राप्त भएको थियो । योसँगै गजेन्द्रनारायण सिंह अस्पतालमा कुल ४६ सेट पीपीई र एक सय थान गौन मौजुद रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले जानकारी दिए । उक्त सामग्रीहरु आइसोलेसनमा पठाईएका कोरानाका विरामीहरुको उपचारका क्रममा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने जनाईएको छ ।
अस्पतालमा उक्त सामग्री उपलब्ध नरहेको अवस्थामा स्वास्थ्यकर्मीहरु आफै असुरक्षित रहेकोले तत्कालकालागि विकल्पको रुपमा रेनकोट (वर्साती) ४६ थान, कपडाको गौन ५० थान, क्याप, गमबुट, गोगल्स चश्मा लगायतका सामग्रीहरु व्यवस्था गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले न्यून श्रोत साधनका बीच सेवा दिँदै आएको जानकारी दिँदै उनले भने ‘हामीले सञ्चालन गरेको फिभर क्लिनिकमा सोमवारसम्म एक सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ, जसमध्ये २६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने १३ जनालाई सम्वन्धित नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाइनमा राखेर निगरानीमा राखिएको छ ।
डा. दासका अनुसार अस्पतालको फिभर क्लिनिकमा क्रमशः विरामीहरु घट्दै गएको छ । सोमवार मात्र ८ जना फिभर क्लिनिकमा आएकोमा सबैलाई परिवारकै क्वारेन्टाइनमा पठाईएको उनले बताए । हाललाई अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीकालागि सामग्री उपलब्ध रहेकोले कोरोनाका सम्भावित विरामीलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिने अवस्था रहेको डा. दासले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा कोरोनाका सम्भावित विरामीहरुकालागि ६ बेडको आइसोलेसन वाड तयारी अवस्थामा रहेको छ । यसैगरी छिन्नमस्तामा छिन्नमस्ता अस्पताल र युनिक अस्पतालमा २०÷२० गरी ४० तथा रुपनी स्थित प्रहरी अस्पतालमा १० बेडको आइसोलेशन वाड तयारी अवस्थामा रहेको छ । आइसियु सेवा समेत छिन्नमस्ता र युनिक अस्पतालमा उपलब्ध रहेकोले त्यसलाई प्रयोग गर्न सकिने सञ्चालकहरुले प्रतिवद्धता जनाएका छन् ।