• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी प्रहरीद्वारा पचास कामदारलाई पठाईयो गन्तव्यतर्फ

सप्तरी प्रहरीद्वारा पचास कामदारलाई पठाईयो गन्तव्यतर्फ

राजविराज, १६ चैत्र । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर– १ स्थित रुपनी चौकबाट पचास जना कामदारलाई सप्तरी प्रहरीले गन्तव्यतर्फ पुर्याएका छन् ।
विराटनगर, ईटहरी, राजविराज लगायत विभिन्न स्थानहरुबाट बाटोमा अलपत्र परेका सर्लाहीका ३८ जना, रौतहटका ४ जना, बाराका ४ जना, सिरहाका ४ जना समेत गरी ५० जनालाई उद्धार गरी गन्तव्यतर्फ पठाईएको हो । स्थानिय निकायसँग समन्वय गरी खाजा खुवाउने व्यवस्था समेत मिलाई ना १ क ६२६७ नम्वरको ट्रिपरमा राखेर सर्लाहीको लालबन्दीसम्म पुर्याउने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।