Top_Header_Right_Add

लकडाउनमा गरिब–मजदुरलाई प्रदेश सरकारले खाना खुवाउने

लकडाउनमा गरिब–मजदुरलाई प्रदेश सरकारले खाना खुवाउने

जनकपुरधाम, १६ चैत । प्रदेश नम्वर २ को सरकारले लकडाउन अवधीभर प्रदेशभरिका गरिब तथा दैनिक ज्यालादारीमा खट्ने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको आइतवार सम्पन्न बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाकोलागि खानाको सरकारको तर्फबाट गर्ने गरेको छ । यसको व्यवस्थापन स्थानीय तह संग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यादवले जानकारी दिएका छन् ।
यसकालागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ । यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ ।
सरकारले कोरोना रोकथामकालागि हाल सम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीति बारे जानकारी गराउन सर्वदलिय बैठकले समेत बोलाएको थियो । सर्बदलिय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल, विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer