• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लकडाउनमा बाहिरी व्यक्तिहरुलाई टोल प्रवेशमा पूर्ण निषेध

लकडाउनमा बाहिरी व्यक्तिहरुलाई टोल प्रवेशमा पूर्ण निषेध

राजविराज, १५ चैत्र । नेपाल सरकारले आह्वान गरेको लकडाउनको अवधीमा समेत टोलमा आवागमन भईरहेको पाईएकोले सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ५ का वासिन्दाहरुले बाहिरी व्यक्तिहरुलाई आवत–जावतमा पूर्ण निषेध गरेको छ ।
कोरोनो भाइरसबाट जोगिन सरस्वती टोल पारी भलुवाही नदी पूर्व टोलमा युवाहरुले टोल प्रवेश गर्ने मूल बाटो नै छेकिने गरी बाँसले घेरेर पूर्ण रुपमा आवत–जावत निषेध गरेका हुन् । लकडाउनको समयमा अपरिचित व्यक्तिहरूको आवत–जावतसँगै मदिरा सेवन गर्ने उद्देश्यले समेत आउने गरेकोले स्थानीय युवाहरु एवं टोलवासीको सक्रियतामा टोल प्रवेश निषेध गरिएको वडा नम्वर–५ का वडा सदस्य पार्थो सरकारले जानकारी दिएका छन् । साथै उनले लकडाउनको अवधीभर अति आवश्यक काम बाहेक अन्य अवस्थामा घरबाट समेत ननिस्किन टोलबासीसँग अपील गरेका छन् ।