उमेश कुमार साह
बाेदे बरसाईन, १५ चैत्र । सप्तरीको बोदे बरसाईन नगरपालिकाको वडा कार्यालयसहितका तीनवटा कार्यालयमा चाेरी भएको दुई दिन नवित्दै पुन: चाेरी दुईवटा पसलमा चाेरी भएको छ ।
शुक्रबार राति नपा वडा नं.५ बाेदे बरसाईन स्थित मुख्य बजारमै दुईवटा पसलमा लाखौंकाे चाेरी भएको हाे। साेहि वडाका अनबर अलिले संचालन गरेको रेडिमेड कपडा पसलबाट तीन लाख रुपैयाँ तथा साे पसलबाट करिब २ सय मिटरकै दुरीमा रहेको साेहि ठाउँका माे.रुसतमले संचालन गरेकाे किराना पसलबाट २० हजार सरसामान चाेरी भएको छ ।
कपडा पसल संचालक अलिका अनुसार पसलमा रहेको ३ लाख रुपैयाँ बराबरको २ सय थान जिन्स पाइन्ट, ३ सय थान टिसर्ट र १ सय ५० थान लेडिज लहगा चाेरी भएको हाे। यसैगरी किराना पसलमा पनि विभिन्न सरसामान गरि २० हजार रुपैयाँ मुल्य बराबरकाे चाेरी भएको संचालकले जानकारी दिए। चाेरीका घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसअघि वडा नं.३ को वडा कार्यालय, स्वास्थ्य चौकी सारस्वर र अतिरिक्त हुलाक कार्यालयमा लाखौं रुपैयाँ बराबरको सरसमान चोरी भएको थियो ।