• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा काेराेनाकाे अाशंकामा थप १८ जनालाई क्वारेन्टाइनमा राखियाे

याेसँगै क्वारेन्टाइनमा ११३ जना पुग्यो, ९ डिश्चार्ज
सप्तरीमा काेराेनाकाे अाशंकामा थप १८ जनालाई क्वारेन्टाइनमा राखियाे

राजविराज, १४ चैत्र । सप्तरीमा शुक्रबार विदेशबाट अाएका तथा केहीमा रुघाखोकी र उच्च ज्वरो देखिएका थप १८ जनालाई निगरानीमा राख्न क्वारेन्टाइनमा राखिएको छ । याेसँगै क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुकाे संख्या १ सय १३ जना पुगेकाे छ ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस (कोभिड—१९) जस्तै लक्षण देखिएका १ सय ४ पुरुष तथा ९ जना महिला गरी १ सय १३ जनामाथि निगरानी गर्न क्वारेन्टाइनमा राखिएको हाे ।
भाइरसबाट बच्न तथा बचाउनकालागि उच्च सतर्कता अपनाइएर स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनबाट शुक्रबारसम्म ९ जनालाई डिश्चार्ज गरिएको छ । विदेशबाट अाएका तथा केही व्यक्तिहरुमा रुघाखोकी,ज्वराे सहित भाइरसकै जस्तो लक्षण देखिएपछि सुरुमा निगरानीमा राखिएपनि उपचारकाे क्रममा त्यस्तो नपाएपछि उनीहरुलाई डिश्चार्ज गरिएकाे स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
सप्तरीमा १८ वटै स्थानीय तहले अाफ्ना पालिकामा विदेशबाट अाएका र अाउने व्यक्तिहरूमाथि निगरानी गर्न ३ सय ९९ शैय्याकाे क्वारेन्टाइन कक्ष सञ्चालन गरेकाे छ।
उता, भाइरस संक्रमणकाे अाशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि ४ वटा अस्पतालमा ५६ शैय्याको आइसोलेसन र १३ वटा आइसीयू कक्ष तयारी अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।