• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको अपील

सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको अपील

जनकपुरधाम, १० चैत । विश्वभरि नै कोरोना भाइरसबाट त्राहिमाम रहेको अवस्थामा त्यसबाट जोगिनकालागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीहरुसँग आग्रह गरेका छन् ।
मुख्यमन्त्री राउतले सोमवार एक अपील जारी गर्दै विश्वभरि नै त्राहिमाम मच्चाएको कोरोना नियन्त्रणकालागि सरकारी प्रयास मात्र पर्याप्त नभएको आम प्रदेशवासीहरुलाई सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइन एक मात्र विकल्प रहेको बताएका हुन् ।
उनले कोरोना रोकथामका लागी प्रदेश सरकारले यस अघि नै सबै जिल्लालाई ५०÷५० लाख रुपैया उपलब्ध गराइ सकेको भए पनि त्यो मात्र पर्याप्त नरहेको बताए ।
उनले प्रदेशवासीहरुलाई आ–आफनै घरबाट एक अर्कालाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गर्दै सहयोग गर्न अपील समेत गरेका छन् ।