• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

होली पर्वमा अमर्यादित कार्य गर्ने १३ जना पक्राउ

२ जनामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइँदै
होली पर्वमा अमर्यादित कार्य गर्ने १३ जना पक्राउ

राजविराज, २८ फागुन । सप्तरी प्रहरीले होली पर्वमा अमर्यादित कार्य गरेको भन्दै मङ्गलवार १३ जनालाई नियन्त्रणमा लिएको छ । पर्वमा मादक पदार्थ सेवन गरी झै–झगडा तथा विवाद गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा दिइएको हो ।
नियन्त्रणमा लिइएका १३ जनामध्ये २ जनामाथि सार्वजनिक अपराध शीर्षकमा मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिएका छन । ‘हिन्दुहरुको महान होली पर्वलाई अमर्यादित रुपमा खेली मादक पदार्थ सेवन गरी हो–होल्ला,झै–झगडा तथा वाद विवाद गरेकोले १३ जनालाई नियन्त्रण लियो’ उनले भने–‘जसमध्ये २ जनामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी छ ।’
नियन्त्रणमा लिइएका अन्य ११ जनालाई काउन्सिलिङ गरी आफ्न्तको जिम्मा लगाएको प्रहरी निरीक्षक कार्कीले न्यूज टुडेलाई बताए । यसैगरी ट्राफिक नियम विपरित सवारी सञ्चालन गरिरहेका ६१ वटा मोटरसाईकलसहित एउटा अटो समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सम्वन्धित सवारी धनिलाई जरिवाना तिर्न लगाइएको जनाएको छ ।