राजविराज, २८ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा)बाट राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह संसदीय दलको नेताको जिम्मेवारी पाएका छन् भने प्रमुख सचेतकमा मृगेन्द्र कुमार सिंह यादव चयन भएका छन् ।
राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सोमवार सम्पन्न बैठकले सर्वसम्मतीबाट दुवैजनालाई उक्त जिम्मेवारी तोकिएको हो । राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिएपछि गत माघ ९ गते भएको थियो ।
अल्पसंख्यक समूहतर्फ गठबन्धनतर्फबाट शेखरकुमार सिंहले ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका थिए । गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले ५ हजार ४ सय मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।