• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राजविराजमा सातौं राष्ट्रियव्यापी जुडो प्रतियोगिता सुरु

राजविराजमा सातौं राष्ट्रियव्यापी जुडो प्रतियोगिता सुरु

राजविराज, १९ फागुन । सप्तरीको राजविराज स्थित राज रङ्गशालामा सोमबारदेखि स्व. लोकेन्द्र कुमार श्रेष्ठ स्मृति सातौं राष्ट्रियव्यापी जुडो प्रतियोगिता सुरु भएको छ ।
जिल्ला जुडो संघको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा प्रतियोगिता सुरु भएको भएको हो । नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले उद्घाटन गरेको उक्त प्रतियोगितामा तीन विभागीय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, पर्सा, बारा, सुनसरी, सिरहा, मोरङ, उदयपुर, झापा, बाँके, बर्दिया, इलाम, रसुवा, कास्की, कैलाली, गोरखा, नुवाकोट, कंचनपुर आयोजक सप्तरी गरि २५ टिमको सहभागिता रहेको छ ।
जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष खडक बहादुर दाहाल, संघका जिल्ला महासचिव नवनित झा, भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले शुभकामना दिए । मारुती ग्यास उद्योग प्रालि दुहबी मुख्य प्रायोजक रहेको प्रतियोगिताको फाइनल खेलहरु मङ्गलबार आयोजना हुने आयोजक समितिले जनाएको छ ।