• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

नेविसंघद्वारा राजविराज-कुनौली सडक अवरुद्ध

नेविसंघद्वारा राजविराज-कुनौली सडक अवरुद्ध

राजविराज, १८ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) सप्तरीले पुस्तकमा लगाइएको आयात कर र पेट्रोलियम पदार्थमा थप गरिएको पुर्वाधार करको विरोध गर्दै आईतवार राजविराज–कुनौली सडक अवरुद्ध गरेको छ ।
संघ आवद्ध विद्यार्थीहरुले विष्णुपुर गाउँपालिका स्थित महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस अगाडि टायर बालेर आधा घण्टा सडक अवरुद्ध गरेको हो ।
सरकारले पाठ्य पुस्तकमा १० प्रतिशत आयात कर लगाएको र पेट्रोलियम पदार्थमा १० रुपैयाँ पूर्वाधार कर लगाएर विद्याथी तथा आमनागरिकको ढाड भाँच्ने काम गरेको उनीहरुको ठम्याई छ । उनीहरुले सो कर लगाउने निर्णय फिर्ता नगरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् ।
विरोध कार्यक्रममा स्ववियु सप्तरीका सभापति रामचन्द्र यादव, सचिव जयप्रकाश यादव, पूर्व जिल्ला सचिव रामानन्द देव, नेविसंघ क्याम्पस इकाईका दिपक यादव, दरुणदलका जिल्ला सदस्य मुकेश चौधरी लगायतको उपस्थिति थियो ।