• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

गजेन्द्र नारायण सिंह स्मृति क्रिकेटमा कोईलाडी र तोपा विजयी

गजेन्द्र नारायण सिंह स्मृति क्रिकेटमा कोईलाडी र तोपा विजयी

राजविराज, १७ फागुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगितामा कोइलाडी क्रिकेट टिम फाईनलमा प्रवेश गरेको छ ।
शनिवार सम्पन्न खेलमा कोइलाडीले कोमधेपुरा क्रिकेट टिमलाई ६ विकेटले पराजित गर्दै फाईनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत आईतवार हुने फाइनल खेलमा कोईलाडी र मंसापुरबीच खेल हुने आयोजक समितिले जनाएको छ ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा कट्टी माध्यमिक विद्यालयको खेल मैदानमा शनिवारको खेल भएको खेलमा मधेपुराले टस जिति पहिलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा १६ ओभर २ बलमा आफना सम्पुर्ण विकेट गुमाउँदै ६३ रन तयार पारेका थिए ।
६४ रनको झिनो लक्ष्य लिएर मैदानमा ओर्लेका कोईलाडीले ११ ओभर ५ बलमै आफ्नो लक्ष्य पुरा गरे । शनिवार भएको खेलको म्यान अफ द म्याच पनि कोईलाडी टिमकै जुगनु मण्डल घोषित भए ।
शुक्रवारै सम्पन्न अर्को खेलमा लौनियाले टस जितेर पहिलो व्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ११ ओभर २ बलमा आफना सम्पुर्ण विकेट गुमाउँदै ६८ रन तयार पारे । ६९ रनको लक्ष्य साथ मैदानमा आएका तोपाले १४ ओभर ५ बलमै ८ बिकेटको नोक्सानीमा आफ्नो लक्ष्य प्राप्त गरे ।