• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राज्यमन्त्री मण्डलद्वारा तीन महिने मोबाईल मर्मत तालिम उद्घाटन 

राज्यमन्त्री मण्डलद्वारा तीन महिने मोबाईल मर्मत तालिम उद्घाटन 

जिरोमाईल, १६ फागुन । प्रदेश नम्बर २ का उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले आदिवासी जननातीका लागि सञ्चालित तीन महिने मोबाईल मर्मत तालिम शुक्रबार उद्घाटन गरेका छन् ।
सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर– १० स्थित बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित एक कार्यक्रमको बिच मन्त्री मण्डलले मैनबती बालेर तालिम उद्घाटन गरेका हुन् । आदिवासी जनजाति महासंघ सिराहाका अध्यक्ष डेनोक मोक्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोबिन्दलाल माझी, धनगढीमाई नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर ९ का अध्यक्ष प्रकाश योन्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिममा सक्रिय सहभागिता जनाउन सहभागीहरुलाई आग्रह गरे ।
आदिवासी जनजाति महासंघ सिरहाका सचिव दुर्गानन्द चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष बिना कुमारी मण्डलले गरिन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरको सहयोग तथा आदिवासी जनजाति महासंघ सिराहाको व्यवस्थापनमा आयोजित तीन महिने तालिममा ३५ जना आदिवासी जनजाति युवायुवतीहरू सहभागी रहेका छन् ।