• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

गनासिं क्रिकेटको छैठौ दिनः मन्सापुर र तोपा विजयी

गनासिं क्रिकेटको छैठौ दिनः मन्सापुर र तोपा विजयी

राजविराज, १६ फागुन । स्व. गजेन्द्रनारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत छैठो दिनको खेलमा मन्सापुरले तिलाठिलाई ४६ रनले तथा तोपाले लौनियालाई २ विकेटले पराजित गरेको छ ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठि कोईलाडी गाउपालिकाको आयोजनामा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालित क्रिकेट प्रतियोगिता अन्र्तगत शुक्रवार सम्पन्न पहिलो खेलमा तिलाठिले टस जितेर मन्सापुरलाई ब्याटिङ्ग गर्ने निम्तो दिएपछि ब्याटिङ्गकालागि ओर्लेको मन्सापुरले निर्धारित २० ओभरको खेलमा १५ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ८३ रनको योगफल तयार पारे ।
मन्सापुरकालागि धिरज मण्डल १९ र सुबोध मण्डल ११ बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेन । बलिङ्गतर्फ तिलाठिका मिहिर मिश्रा र चन्दन साहले सामान ४ विकेट लिए भने रोशन यादवले २ विकेट लिए । ८४ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको तिलाठि प्रतियोगिताकै न्युन स्कोर ३७ रनमै ११ ओभर ३ बलमा समेटिएको थियो ।
तिलाठिमा सस्तोमा समेटन मंसापुरका सुबोध मण्डल र धिरज मण्डलले सामान ४ बिकेट तथा महेश मण्डलले १ बिकेट लिएका थिए । तिलाठिका तर्फबाट कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएन । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रर्दशन गरे वापत मंसापुरका धिरज मण्डल घोषित भएका थिए ।
शुक्रवार नै सम्पन्न एक अर्को खेलमा लौनियाले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ११ ओभर २ बलमा आफना सम्पुर्ण बिकेट गुमाई ६८ रनमा समेटिएको थियो । लौनियाकालागि धिरेन्द्र मण्डल नटआउट रहँदै ११ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । लौनियालाई सस्तोमा समेटन तोपाका रमेश यादव र रशिन्द्र मण्डलले सामान ४ बिकेट लिएका थिए भने भरत दासले १ विकेट लिए ।
६९ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको तोपाले उक्त लक्ष्य रोमाञ्चक तरिकाले १४ ओभर ५ बलमा ८ विकेटको नोक्सानीमा प्राप्त गरे । तोपाकालागि अमन देवले १३ तथा सुभाष मण्डल र भोला मण्डलले समान १२ रनको योगदान दिएक थिए । बलिङ्गतर्फ लौनियाका लागि शिवराम मण्डल, सुरेश मण्डल र शिवसुन्दर मण्डलले सामान २ बिकेट प्राप्त गरेका थिए भने दिनेश मण्डलले १ विकेट लिए । खेलको म्यान अफ द म्याच तोपाका रमेश यादव घोषित भए ।
तिलाठि कोईलाडि गाउँपालिकाका अधिकृत राजेश झाका अनुसार प्रतियोगिता अन्र्तगत शनिवार एकमात्र खेल कोईलाडि र कोमधेपुरा बिच हुने छन् ।