• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आयोजककै गलतीले ‘इज्तिमा’मा समस्या उत्पन्न भएको मुस्लिम आयोगको ठहर (भिडियोसहित)

आयोजककै गलतीले ‘इज्तिमा’मा समस्या उत्पन्न भएको मुस्लिम आयोगको ठहर (भिडियोसहित)

राजविराज, ०२ फागुन । सप्तरीमा शनिवारदेखि हुन लागेको इस्लामिक सम्मेलन ‘इज्तिमा’ मा आयोजककै गलतीका कारण पछिल्लो समयमा आएर समस्या उत्पन्न भएको राष्ट्रिय मुस्लिम आयोगले ठहर गरेको छ ।
आयोगका अध्यक्ष समिम अंसारीले शुक्रवार इज्तिमास्थल बोदे बरसाईन नगरपालिका वडा नम्बर ५ बोदे बरसाईनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो ठहर गरेका हुन् । सरकारले राष्ट्रियस्तरमा सम्मेलन गर्न अनुमति दिएपनि आयोजकले अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने तयारी गरेपछि समस्या उत्पन्न भएको उनले बताए । ‘सुरुमा आयोगकै रोहबरमा राष्ट्रियस्तरको सम्मेलन गर्न सरकारले अनुमति दिएको होे’ उनले भने–‘तर आयोजकले पाकिस्तान, बंगलादेश, कतार, कुवेत, साउदी, थाइल्यान्ड लगायत २ सयभन्दाबढीलाई सहभागी गराएपछि पछिल्लो समयमा आएर विहिवार सम्मेलन गर्न रोक लगाइएको थियो।’
अहिले आएर सरकारले दिएको अनुमतिअनुसार नै सम्मेलन गर्न लागिएको उनले जानकारी दिएका छन । ‘तेश्रो मुलुकबाट आएका सहभागीहरुलाई फकाईनेछ’ उनले भने–‘शनिवारदेखि सुरु हुन लागेको सम्मेलनमा नेपाल भारतका मात्रै सहभागीहरुको उपस्थिती रहनेछ ।’
गत बिहीवार मात्रै आयोजकले शर्त पालना नगरेको भन्दै गृह मन्त्रालयले सम्मेलन रोक्न निर्देशन जारी गरेपछि समस्या उत्पन्न भएको थियो । यही फागुन ३ देखि ५ गतेसम्म हुन लागेको सो सम्मेलनमा २ लाखबढी मुस्लिम समुदायको सहभागी हुने बताईएको छ ।
५ सयबढी सुरक्षाकर्मी परिचालित
विदेशी सहभागीहरुलाई फर्काउन शुक्रवार दिनभरि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनाल, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं लगायतका सुरक्षा अधिकारीहरुले आयोजक समितिलाई आग्रहसहित सुरक्षा व्यवस्थापन गरेका थिए । जसकालागि ५ सयबढी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालित गरिएको थियो । सम्मेलनमा सहभागी हुन शुक्रबार साँझसम्म करिब ५० हजार व्यक्ति उपस्थित भईसकेका छन् ।
उता, सम्मेलनबारे भारतीय सुरक्षा अधिकारीहरुले समेत चासो लिएका छन् । शुक्रवारै विहार राज्यको मधुबनी जिल्लास्थित पुलिस स्टेशन लौकहीका प्रमुख अरविन्द कुमारले सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीसहितका सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् ।